स्वास्थमन्त्री पाए अध्यादेशमा सरकारलाई सघाउन उपेन्द्र तयार !

काठमाडौ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्र सरकारमा स्वास्थमन्त्री र मधेस प्रदेशमा मुख्यमन्त्री पाए अध्यादेशमा सरकारलाई सहयोग गर्ने भएपछि सामाजिक संजालमा गाली खाइरहेका छन् ।

यद्यपि उपेन्द्रको पार्टीका धेरैजसो नेता अध्यादेशमा सरकारलाई समर्थन नगरौं भनिरहेका छन् । यदि उपेन्द्रको पार्टीले समर्थन नगरे सरकार पछाडि हट्न बाध्य हुनेछ ।

बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेशमाथि छलफल हुने कार्यसूची थियो । जसपा नेपालका अध्यक्ष यादवले अध्यादेशका सवालमा ठोस निर्णय नदिएपछि सरकार पछाडि हटेको हो । यही बिषयमा उपेन्द्र यादवले भने प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

उक्त भेटमा सरकारमा सहभागिताको बिषयमा कुरा अड्केपछी अध्यादेशमा पनि सहमति नजुटेको स्रोतको भनाइ छ।जसका कारण आजको बैठकमा सरकारले सदनमा अध्यादेशलाई अगाडि नबढाएको हो । सत्ता गठबन्धनसँग कुरा नमिलेपछि संसदीय दलको बैठकमा पनि अध्यक्ष यादवले अध्यादेशको विपक्षमा उभिन आफ्ना सांसदलाई निर्देशन दिएका थिए ।
उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा गठन भएको कार्यदलले अध्यादेशको बारेमा अध्ययन गरी बिहीबार प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनले पनि अध्यादेश मधेसको पक्षमा नरहेकाले त्यसलाई खारेज गर्नुपर्ने सुझाव दिएको छ । तर, उपेन्द्र भने सत्तामा स्पेस पाए अध्यादेशमा सघाउन अझै तयार रहेको स्रोतले दाबी गरेको छ। नेपाली कांग्रेसले पनि उपेन्द्रको सहयोग हुने र अध्यादेश पास हुने कुरा आफ्ना सांसदलाई ब्रीफिङ गरिसकेको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय