भुटानी शरणार्थी बनाएर मान्छे बेच्नेलाई फाँसी दिनुपर्छः भीम रावल


पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावलले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्नेलाई कानुन संशोधन गरी फाँसीको सजाय दिनुपर्ने बताएका छन् ।

एमालेले कारबाही गरेपछि राष्ट्रवादी अभियान लिएर दिपालय पुगेका रावलले आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री भएको बेला नक्कली भुटानी शरणार्थी प्रकरण बनाएर नेपाली पठाउने काम भएको उनले आरोप लगाए। तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेतको सो प्रकरणमा संलग्नता हुनसक्ने उनको आशंका छ ।

त्यस्तै, प्रधानमन्त्री ओलीसँग मानव तस्करीको आरोपमा मुछिएका कोशी प्रदेशका निर्वतमान मन्त्री लिलाबल्लभ अधिकारीको निकट सम्बन्ध रहेको उनले बताए । समाजमा भन्नै नहुने आरोप लागेर हिँडिरहेका नेताहरुलाई ओलीले नदेखेझैं गर्नेगरेको नेता रावलको आरोप छ । ओलीले सबैतिर उट्पट्याङ काम गरिरहेको उनले बताए । झापामा ओरिपरी सुकुम्बासी वस्ती रहेको बीचमा ओलीले १८ तले भ्यू टावर बनाइदिएको उनले बताए । ओलीलाई उनले सामन्ति शासकको संज्ञा दिए ।

त्यस्तै, नेता रावलले सरकारले पछिल्लो गलत मनशाय राखेर अध्यादेशमार्फत कानुन संशोधन गरेको उनको आरोप छ । अध्यादेशमार्फत वन जंगल क्षेत्र व्यक्तिलाई दिने कानुन बनाइएको उनले बताए । प्रधानमन्त्री ओलीमा प्रवृत्ति गर्छु भनेको काम नगर्ने र गर्दिनँ भनेको काम गर्ने प्रवृत्ति रहेको उनको टिप्पणी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय