नयाँ शक्ति विद्यार्थी युनियनमा नयाँ नेतृत्व

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) निकट समाजवादी विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनले बलबहादुर रम्तेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको छ।
दुई दिनसम्म काठमाडौं किर्तिपुरमा चलेको महाधिवेशनले संगठनको नाम परिवर्तन गरि नयाँ शक्ति विद्यार्थी युनियन राखेको छ। महाधिवेशनले बरिस्ठ उपाध्यक्षमा ओम महतो, उपाध्यक्षहरुमा भरत ढकाल, बिशाल तिमिल्सिना,सुभाष न्यौपाने,सन्तोष नेपाली र मिना राई निर्वाचित गरेको छ।
यसैगरी महासचिव अनिल कुमार पटेल र आस्था नेपाली निर्वाचित गरेको छ भने उपमहासचिवमा सुनिल धिताल,उपमहासचिव,पशुपति ठाकुर निर्वाचित भएका छन् । सचीवमा टेकराज कडेल, सुजन गढ्तोला,रमेश देवकोटा(अभय) र
कोषाध्यक्षमा सुरेन्द्र यादव निर्वाचित भएको संगठनले जनाएको छ।
अध्यक्ष नेत्र चापागाईंको सभापतित्वमा सम्पन्न महाधिवेशनले विभिन्न प्रस्तावहरु पारित गरेको छ। नेसपा (नयाँ शक्ति) संयोजक एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले महाधिवेशन उद्घाटन गरेका थिए।

