संसद बैठक सुरु,रास्वपा सांसदले बहिष्कार गरेर निस्किए

काठमाडौं ।संसदको हिउँदे अधिबेशन सुरु भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमै सुरु भएपनी आधा घन्टा होहल्ला भएपछि ढिलोगरी सुरु भएको हो।

बैठक अघि सभामुख देवराज घिमिरेलाई भेटेर पार्टी सभापति रवि लामिछाने सहितको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुको टोलिले लामिछानेको निलम्बन फुकुवाको अपिल गरेका थिए।

तर,निवेदन लिएपछि सभामुखले उल्टै रविलाई तपाईं माथी मुद्दा चलेको होइन र ? भन्ने प्रश्न गरेपछि संसद सचिवालयबाट  निस्किएका रास्वपा सांसदले संसद बैठक सुरु भएपछि होहल्ला गरेका थिए।

लगत्तै सभामुखले बैठकमा एजेन्डा प्रस्तुत गर्दै अगाडी बढेपछि रास्वपा सांसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् । त्यसअघि लामो समयसम्म उभिएरै उनीहरुले बिरोध जनाएका थिए।

बिरोध जनाउँदा पनि सभामुखले बोल्ने मौका नदिएपछि उनीहरु बैठक बहिस्कार गरेर बाहिरिएका हुन् । दिउँसो १ बजेदेखि बैठक सुरु भए पनि रास्वपाका सांसदले करिव आधा घण्टा उभिएरै बिरोध जनाएका थिए । सभामुखले धेरै पटक बस्नका लागि आग्रह गर्दा पनि नमानेपछि बस्नका लागि आदेश समेत दिएका थिए ।

तर, रास्वाका सांसदले विशेष समय माग्दै बोल्न पाउनुपर्ने अडान लिएर उभिएरै बिरोध जनाएका थिए । सभामुखले रास्वाका सांसदलाई बोल्न नदिएरै कार्यसूची अनुसार बैठक अघि बढाएपछि रास्वपाका सांसद बैठक बहिस्कार गरेर बाहिरिएका हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय