अरुणिमा शैक्षिक प्रतिष्ठानको ४० औं स्थापना दिवस

काठमाडौं । अरुणिमा शैक्षिक प्रतिष्ठान,कामपा-६ बौद्धले बुधबार विविध कार्यक्रम सहित आफ्नो स्थापनाको ४० औं बर्ष मनाएको छ।
सो अवसरमा अरुणिमा शैक्षिक प्रतिष्ठान अन्तर्गत संचालित तिनवटै विद्यालयका विद्यार्थीहरुले गीत,नृत्य तथा आफ्ना प्रस्तुति दिएका थिए । कार्यक्रममा वरिष्ठ संगितज्ञ तथा गायक रामकृष्ण दुवाल, समाजसेवी एवं अरुणिमा अलुम्नाई एसोसिएसनका अध्यक्ष जितेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो। यसैगरी २० बर्ष भन्दा बढी अवधि सेवा गर्ने शैक्षिक तह प्रमुख रामकृष्ण पुडासैनी र शिक्षिका पूजा घिमिरेलाई दिर्घ सेवा सम्मान सहित अभिनन्दन गरिएको थियो।

अरुणिमा शैक्षिक प्रतिष्ठान संचालक समिती सदस्य शम्भुप्रसाद बडालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालको प्रमुख आतिथ्यता थियो भने अरुणिमा माविका प्रिन्सिपल बुद्धिप्रसाद रेग्मीले स्वागत तथा अरुणिमा शिक्षा सदनका सहायक प्रीन्सिपल पुष्कर नेपालले कार्यक्रम संचालन गरेका थिए।

सो अवसरमा बोल्दै प्रमुख अतिथी एवं गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले अरुणिमा शैक्षिक प्रतिष्ठानले शिक्षा र सामाजिक कार्यमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए। उनले गोकर्णेश्वरको शिक्षा नीति र आफुले संचालन गरिरहेको शिक्षा सुधारका कार्यक्रम बारे पनि प्रकाश पारेका थिए।

यसैगरी कार्यक्रममा अरुणिमा शैक्षिक प्रतिष्ठानका विविध पक्ष र अहिलेसम्म भए गरेका उपलब्धि बारे प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरी प्रसाद लामिछानेले विश्लेषण गरेका थिए। प्रतिष्ठान स्थापनाको ४० बर्ष पूरा गरेको अवसरमा समाजसेवी गोपालप्रसाद बराल, रामहरी रिजाल,अभिनन्दित ब्यक्तित्व पुजा घिमिरे र अरुणिमा अलुम्नाई एसोसिएसनका अध्यक्ष जितेन्द्र श्रेष्ठले आफ्ना भनाइ राखेका थिए।

कार्यक्रममा पुर्व मन्त्री शेरबहादुर तामाङ,प्रतिष्ठानका सल्लाहकार वरिष्ठ इन्जिनियर ईश्वरप्रसाद तिवारी, प्रा.डा.रामचन्द्र भट्टराई,मानवशास्त्री डा.शुरेस ढकाल,कोशराज न्यौपाने,
प्रतिष्ठान संचालक समिती सदस्यहरु बसन्त रिजाल,प्रतिष्ठान संचालक समिती सदस्य तथा अरुणिमा क्याम्पस प्रमूख केशवप्रसाद जोशीको उपस्थिति थियो।

यसैगरी प्रतिष्ठानका गुठियार घनश्याम आचार्य क्षेत्री, शुभद्रा फुयाल, सरला अधिकारी,अरुणिमा व्यवस्थापन समिती सदस्य तथा कामपा वडा नम्बर-६ वडासदस्य गायत्री पुडासैनी, मनोज सुवेदी,नव अरुणिमा मा.वि विद्यालय व्यवस्थापन समिती सदस्य प्रल्लाद कार्की,समाजसेवी रामहरी रिजाल लगायत प्रतिष्ठानका सम्पूर्ण शिक्षक तथा कर्मचारीको पनि कार्यक्रममा उपस्थिती रहेको थियो।

कार्यक्रमको विशेष प्रश्तुतीको रुपमा रामकृष्ण दुवालले गित गाएका थिए भने संगित शिक्षक, संगितकार तथा गायक दामोदर अधिकारीको पनि सांगितिक प्रश्तुति रहेको थियो।



