नेसपा निकट विद्यार्थीको महाधिवेशन बुधबारदेखि,डा.भट्टराईले उद्घाटन गर्ने

काठमाडौं । नेपाल समाजवादी विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबारदेखी काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशन २ दिनसम्म चल्नेछ।

त्रिभुवन विश्वविद्यालय प्राङ्गण किर्तिपुरमा दिउँसो १२:३० बजे पुर्व प्रधानमन्त्री एवं नेसपा(नयाँ शक्ति)का संयोजक डाबाबुराम भट्टराईले महाधिवेशन उद्घाटन गर्ने अध्यक्ष नेत्र चापागाईंले जानकारी दिए।महाधिवेशनका लागि देशभरबाट ३ सय ५३ प्रतिनिधि काठमाडौं आइसकेको पनि चापागाईंले बताए।

उनका अनुसार महाधिवेशनको सबै तयारी पूरा भैसकेको र अब विद्यार्थी संगठनलाई राजनीतिक मुद्दासँगै शैक्षिक सुधारका एजेन्डा स्थापित गरि अब्बल संगठन बनाउने तर्फ प्रतिनिधि बीच घनिभुत छलफल हुनेछ।

महाधिवेशनमा पार्टी नेतृ दुर्गा सोबले समाबेशी लोकतन्त्रले समासजमा पारेको प्रभाव,प्राध्यापक रेशम थापाले नेपालमा आर्थिक बिकास र रोजगारि शृजना कसरि गर्ने ? र
जि.एस गुरुङले सङ्गठन निर्माण र परिचालनका बिषयमा धारणा सहित सहजीकरण गर्ने कार्यक्रम रहेको छ।

महाधिवेशनमा बिधान प्रतिबेदनमाथि छलफल हुनेछ भने शैक्षिक प्रतिवेदन,साङ्गाठानिक प्रतिबेदन सहित विविध बिषयमा छलफल हुनेछ। त्यसैगरी समावेशी लोकतान्त्रिक बिधि पद्दति मार्फत नेतृत्व चयन हुने पनि उनले बताए। यसका लागि बोलेर होइन गरेर देखाउने अठोट सहित प्रस्तावित बिधानमा छात्रा महासचिव सुनिश्चित गरिएको पनि चापागाईंले बताए।

संगठनको प्रस्तावित बिधानमा २५ सदस्यीय पदाधिकारी सहित ९९ जनाको पूर्ण समावेशी केन्द्रिय समितिको परिकल्पना गरेको छ । जसमा एक अध्यक्ष, ११ उपाध्यक्ष, २ महासचिव (एक महिला अनिवार्य), १० सचिव, १ कोषाध्यक्ष र ७४ जना सदस्य रहनेगरी केन्द्रीय समिति गठन हुनेछ ।

संविधानमा उल्लेख भएअनुसार आदिवासी जनजाति, दलित, थारु, मधेशी, महिला, अल्पसंख्यक, पिक्षडिएकाे क्षेत्र, अपाङ्ग, मुस्लिम, खुला र खस/ आर्यबाट एक एक जना उपाध्यक्षको व्यवस्था विधानमा गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय