स्टार्टअप र साना व्यवसाय सम्मेलनको तयारी सकियो, सभापति देउवाले उद्घाटन गर्ने

काठमाडाैं । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा बुधबारदेखि हुने “नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन” को सबै तयारी पूरा भएको छ।

सम्मेलनको बुधबार बिहान ९ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेगरी सबै तयारी पूरा भएको संयोजक उर्मिला थपलियाले जानकारी दिइन् । पार्टी केन्द्रिय सदस्य समेत रहेकी थपलियाले यो सम्मेलन व्यवसायीहरुको लागि फलदायी हुने पनि बताइन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा १६ र १७ गते यो सम्मेलन हुनेछ। उद्यमशीलता र व्यवसाय प्रवर्द्धनको उद्देश्यले आयोजना गरिएको सम्मेलनले नयाँ व्यवसाय प्रारम्भ गरेका र गर्ने तयारीमा रहेका साना उद्यमी र व्यवसायीहरूलाई प्रोत्साहन गर्ने विश्वास आयोजकले लिएको छ।

संयोजक थपलियाका अनुसार कार्यक्रममा देशभरका साना तथा मझौला व्यवसायीहरूले ८० वटा स्टलमार्फत आफ्ना उत्पादन र सेवाको प्रदर्शनी, बिक्री, वितरण तथा जानकारी प्रदान गर्नेछन्।यसैगरी सम्मेलनमा ६ वटा सत्र आयोजना गरिनेछ, जसमा विषयगत विज्ञहरू र सरोकारवालाहरू बीच साना तथा मझौला व्यवसायका विविध पक्षबारे छलफल हुनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय