माओवादी र रास्वपा सत्ता पिपासु लामखुट्टे-महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता एवं पुर्व मन्त्री महेश बस्नेतले सत्ता बाहिर रहेका नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी सहित केही दललाई सत्ता पिपासु र लामखुट्टे भन्दै आक्रोश पोखेका छन् ।

आइतबार दिउँसो सामाजिक संजाल फेसबुकमा बस्नेतले लेखेका छन्-,’बैंक ठगहरू,सहकारी ठगहरू,१७ हजार मान्छे मार्नेहरू सत्ता पिपासुहरू, सत्ता नपाएर लामखुटे जस्तो छटपटाएर एमाले प्रधानमन्त्री केपी ओली, एमाले नेताहरु र मेरो विरुद्ध समेत रोइलो गरि रहेको बेला हिजो राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा डेङ्गो वाला लामखुट्टेलाई जस्तो अलिकति स्प्रे गरिदिएको खुव खैलाबैला गर्दैछन ।’

उनले अगाडि लेखेका छन्,-‘सोसल मिडिया हेर्दा विशेष गरेर रास्वपाको र माओवादीको आवरणमा खुब अत्तालिएर कराउँदै चिच्चाउदै रहेछन्। हिजोको बाण लाग्न पर्नेहरु कै मुटुमै लागेछ भन्ने बुझियो। अपराधको साम्राज्यमा बसेर सोसियल मिडिया दुरुपयोग गरेर अराजकतालाई प्रसय दिएर समाजमा अश्लीलता र असभ्यता बाँडेर हामीलाई चुनौती दिनेहरुलाई चुनौती छ । तिमीहरुको बिचारहिन सिद्धान्त बिहिन राजनीति अबस्य सकिने छ । याद गर बाघ भागेको होइन शान्त रहेको हो।’

उनले झिंगाको श्रापले डिङ्गा मर्दैन भन्दै आफ्नो बारेमा धेरै बकबक नगर्न र जुनसुकै अग्नि कुण्डमा होमिन आफू तयार रहेको समेत भनेका छन् ।’हाम्रो पंक्तिले ब्यबस्थित प्रतिरोध गरेको दिन तिमीहरुको अस्तित्व सकिनेछ। तिमीहरूका हरेक हर्कतहरु एक एक हिसाब हुनेछ। म र हाम्रो पंक्ति विरुद्ध बडो गजबको हतियार पाए भनेर सडेको मकिएको कुहिएको लौरो बोकेर प्रहार गर्न खोज्दैछौ । तिमीहरूको दाल गल्दैन र हाम्रो भुत्ला पनि झर्दैन । हामी माथि तिमीहरुले षडयन्त्र गरेर मान्छे उचालेर प्रहार गरेका हरेक बिषयहरु तथ्य र प्रमाणका आधारमा बिधि र कानुनका आधारमा सामना गरिरहेका छौ र आबश्यक पर्दा फेरी पन अग्नि कुण्डमा होमिन तयार छौ । याद गर झिङगाको श्राप्ले डिङगा मर्दैन’- उनले लेखेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय