भक्तपुरमा स्कुटर दुर्घटना, श्रीमान्को मृत्यु

काठमाडौ। भक्तपुरमा एक दम्पती सवार स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते छन् ।
मध्यपुर थिमी-२ मा सानोथिमीबाट मगरगाउँतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०२८ प ६६१० नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका सानोथिमी बस्ने ३१ वर्षीय निश्चल प्रकाश राजभण्डारीको उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर पछाडि सवार उनकी श्रीमती २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । स्कुटर प्रहरी प्रभाग सानोथिमीले नियन्त्रणमा लिएको छ ।

