विप्लवको कटाक्ष : सहकारीको रकमबाट ५/६ लाख तलब खानु गलत

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सामान्य जनताको बचत रहेको सहकारीको रकमबाट ५/६ लाख सम्म तलब खानु गलत र सहकारी सिद्धान्त बिपरित कुरा भएको बताएका छन् ।

उनले सामान्य जनताले सहकारीमा जम्मा गरेको रकमबाट एउटै ब्यक्तिले ५/६ लाख सम्म तलब खानुलाई सहि र राम्रो भन्न नसकिने टिप्पणी समेत गरे। सुर्यदर्शन सहकारीको रकमबाट गोर्खा मिडिया संचालन हुँदा रवि लामिछानेले यति तलब खाने गरेको प्रती उनको कटाक्ष थियो।

नेकपाले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहकारी ठगीको आरोपमा हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै यस्तो कार्य गलत नै भएको बताए। यस्तै उनले सहकारी पीडितलाई रकम फिर्ता गराउन सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा समेत जोड दिए।

पीडितलाई न्याय दिलाउन पार्टीको तर्फबाट पनि कार्यदल बनाइएको विप्लवले स्पष्ट पारे । ‘सहकारी पीडितलाई न्याय दिलाउन हामी गम्भीर छौँ । त्यसका लागि कार्यदल बनाएका छौँ । सामान्य जनताले सहकारीमा जम्मा गरेको स–साना रकम एउटा मान्छेले ५/६ लाख तलब खानु सहकारी सिद्धान्त विपरीत छ’, उनले भने, ‘हामी सरकारले थालेको कारबाहीप्रति सकारात्मक छौँ । सहकारी ठगीमा मुछिएका जीवी राईलाई पनि तत्काल सरकारले झिकाओस् भन्ने हाम्रो आग्रह छ ।

नेपालमा नवउदारवादी अर्थतन्त्र र त्यससँग जोडिएको दलाल पुँजीवादले जरा गाडेको अवस्थाको अन्त्य गर्न आत्मनिर्भर अर्थतन्त्र आवश्यक रहेको उनले बताए । आन्तनिर्भरबाट नै समृद्धिको दिशातिर लैजान संश्लेषण आवश्यक विप्लवले बताए ।

पत्रकार सम्मेलनमा विप्लव

यसैगरी भ्रष्टाचार,वैदेशिक हस्तक्षेप,सुकुम्बासी समस्या,मिटर ब्याज,ऋण आतंक र सहकारी ठगी विरुद्ध फागुन २१ देखि झापा-कंचनपुर मार्चपास गर्ने समेत विप्लवले बताए।

क्रान्तिकारी पार्टीसँग एकता र मित्र पार्टीहरुसँग मोर्चा बनाएर अघि बढ्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यसैगरी ०८४ को निर्वाचनमा भाग लिन पार्टी दर्ता र उपर्युक्त चुनाव चिन्ह लिने तयारी गरिएको पनि जानकारी दिइयो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...