वडा नं ६ का अध्यक्ष भुवन लामालाई स्थानीय सेवा गौरव अवार्ड

काठमाडौं । काठमाण्डौ महानगरपालिका वडा नं ६ का अध्यक्ष भुवन लामालाई स्थानीय सेवा गौरव पुरस्कारबाट सम्मान गरिएको छ। उनी स्थानीय समाजसेवी एवं राजनीतिकर्मी पनि हुन् ।
काठमाडौ महानगरपालिकाको १६ औँ नगर सभामा वडा अध्यक्ष लामालाई उत्कृस्ट कार्य सम्पादन गरे बापत सम्मान स्वरुप उक्त पुरस्कार प्रदान गरिएको हो। उनी नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-३ का क्षेत्रीय सचीव समेत हुन् । तर,जनताको कार्य सम्पादनमा उनी राजनीति भन्दा माथी रहेर सामाजिक एवं जनताको काममा अनवरत खटिइरहने जनप्रतिनिधिको रुपमा चिनिन्छन् ।
महानगरले गतबर्ष पनि वडा नम्बर ६ का वडा सदस्य नरेन्द्र थापा(भगवान) लाई पुरस्कार सहित राष्ट्रसेवक सम्मान गरेको थियो। त्यसभन्दा अगाडि पनि पुर्व वडा अध्यक्ष दिपेन्द्र लामा सम्मानित भएका थिए।

यसबर्ष महानगरले ६ नम्बर वडा अध्यक्ष लामासंगै कामपा वडा नं ४ का अध्यक्ष दिनेश महर्जन, वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, वडा नं. १४ का अध्यक्ष सुमन श्रेष्ठ, वडा नं. १६ का वडा सदस्य पुष्प महर्जन, वडा नं. २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी र वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीलाई पनि सम्मान गरेको थियो ।
यस्तै वडा नं. ८ का सदस्य राज्यलक्ष्मी भुषाल, वडा नं. १० का सदस्य सुनिता भित्रकोटी, वडा नं. १७ का सदस्य कमला महर्जन र वडा नं. ३१ का सदस्य सान्नानी मिजारलाई साधना प्रधान अग्रणी महिला पुरस्कारबाट सम्मानित गरिएको थियो।
कामपा वडा नं. ११ का सदस्य सरोजकुमार मुल्मी र वडा नं. २ का सदस्य ईश्वरी परियारलाई जनकमान श्रेष्ठ सुशासन पुरस्कारबाट सम्मान गरिएको महानगरले जनाएको छ।

