हुक्माडाँडा पुगेपछि… (तस्वीरहरू)
जेबी चाम्लिङ
पाँचथर जिल्लाको गुप्तेश्वर महादेवथान मुन्धुम पार्क हुक्माडाँडा पर्यटन प्रवर्द्धन विकास संस्थाले एउटा पहाडमा गरिरहेको काम हेर्न हामी त्यहाँ पुग्दा आश्चर्य चकित पार्ने विभिन्न कलाकृति देखेर खुशी भयौं ।
त्यस संस्थाले फिदिम नगरपालिका-१३ जेभालेको हुक्माडाँडामा २०८१ जेठ १६ गतेबाट वनभोज स्थल, चट्टानबाटिका व्यवस्थापन, मुन्धुम पार्क स्थापना गर्दै विभिन्न देवदेवता र राष्ट्रिय विभूतिहरुको प्रतिमा निर्माण थालेको रहेछ।
उक्त उद्देश्यहरु पूरा गर्न सकारात्मक ढंगले सामाजिक सन्जालको उपयोग गर्दै अपिल गरेपश्चात् मुन्धुम पार्क निर्माणका निमित्त फिदिम-१३ जेभाले (हालः फिदिम-१, पांचथर) निवासी धनकुमार राई र सीता राईले २ रोपनी जग्गा दान दिएका थिए। त्यसपछि आर्थिक सहयोगकर्ताहरुबाट १५ लाख दुई हजार चार सय पैतीस रुपैया संकलन भएको र त्यसैबाट काम भैरहेको छ।
अबको केही समयमा यो ठाउँ पुर्वी नेपालकै महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा देख्न सकिने निर्माण समितिका सदस्यहरुको भनाइ छ। पार्क ब्यबस्थित गर्न स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारले समेत ध्यान दिन आवश्यक रहेको छ।
तस्वीरहरू :






