नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रजनी

काठमाडौं । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा कांग्रेस नेतृ रजनी थापा निर्वाचित भएकी छन् ।
गएराति सम्पन्न मतगणमा जीवन कार्कीलाई हराउँदै थापा निर्वाचित भएकी हुन् । इटहरीमा सम्पन्न जेसिजको ५१औं महाधिवेशनबाट थापा अध्यक्ष चुनिएकी हुन् । २०७९ को स्थानीय निर्वाचनमा उनी काठमाडौंको टोखा नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।
जेसिजको निर्वाचन समितिका अनुसार थापाले ७६२ मत प्राप्त गर्दा कार्कीले ४५३ मत मात्र प्राप्त गरेका छन् । सहमितको प्रयास असफल भएपछि सोमबार चुनाव भएको थियो । थापा र कार्की दुवै यसअघि उपाध्यक्ष थिए । नेपाल जेसिजको महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

