भक्तपुर हत्या प्रकरण : यस्तो छ मिलनको बयान !

काठमाडौं ।आफ्नै बुबा र भाइको हत्या गरेको स्विकार्दै प्रहरी कार्यालय पुगेका खोटाङ घर भै भक्तपुरको बालकोट बस्ने मिलन आचार्यको प्रारम्भिक बयान ‘भयंकर डरलाग्दो’ आएको छ।

सूर्य बिनायक नगरपालिका-२ बालकोटमा बुबा र भाइको हत्या गरेको भनिएका मिलन आचार्यले गएको दसैं मै गाउँमा बुवा र आमाको हत्या प्रयास गरेको समेत बयान दिएका छन् ।

त्यसैगरी आफू लोकसेवा परिक्षामा ६ पटक असफल भएपछि मर्न मन लागेको,बुबाको स्वास्थ अवस्था र भाइको पढाइ पनि राम्रो नरहेको भन्दै बुबा र्भाइको हत्या पछि आफुले पनि आत्महत्या गर्न झुन्डिएको तर,पासो फुत्केर बाचेको पनि बयान दिएका छन् ।

महाराजगञ्ज प्रहरी वृत्तमा आत्मसमर्पण गरेपछि उनले दिएको बयान यस्तो छ:

लोकसेवामा ६, ७ पटक फेल भएपछि म जिन्दगीसँग दिक्दार भएँ । मलाई डिप्रेसन भयो । लगालग लोकसेवा बिग्रेपछि अब जिन्दगीमा केही नहुने भयो भनेर बिरक्तिएँ । म बाच्दिनँ भन्ने लाग्यो ।

बुबा पनि डिप्रेसनको बिरामी । एकचोटि आत्महत्या प्रयास गर्नुभएको थियो । म नबाँचेपछि परिवारका अरु कसरी बाँच्लान् भन्ने लाग्यो । त्यसैले मभन्दा पहिला बुबाआमा मर्नुपर्छ भन्ने ठानेँ । दशैंमा गाउँ गएको बेला मार्ने प्रयास गरेको थिएँ । तर वातावरण मिलेन ।

अहिले बुवा उपचार गर्न आएको बेला ‘उपयुक्त’ मौका छोपेँ । हामी सबैले न्याय र मुक्ति पाउने भयौं भन्ने लागेर बुवा र भाइलाई मारेँ ।

हत्यापछि म भक्तपुरकै बिरुवा गएँ । गलबन्दीको पासो लगाएर रुखमा झुण्डिएँ । तर गलबन्दीको गाँठो फुस्कियो । भगवानले मलाई ‘नमर’ भनेजस्तो लाग्यो । बुवा र भाइ मरेपछि मैले आमाको रेखदेख गर्नुपर्छ भन्ने सोचेँ ।

त्यहाँबाट म भक्तपुर दरबार स्क्वायर गएर दिनभरि बसेँ । साँझ परेपछि चावहिलको सगरमाथा होटलमा कोठा लिएर बसेँ । त्यहाँ दुई रात बसेपछि आज बिहान पत्रिकामा समाचार देखेँ । त्यो पत्रिका बोकेर कोटेश्वरतिर गएँ । तर, त्यहाँ पुग्दा गल्ती ठाउँमा पुग्दैछु जस्तो लागेर गाडीबाट ओर्लिएँ । महाराजगञ्जको गाडी चढेँ । महाराजगञ्जको पुलिस अफिसको सरलाई पत्रिका देखाएर ‘यो मै हो’ भनेँ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय