पाकिस्तानसँगको टी-२० श्रृंखलामा इंग्ल्यान्डको विजयी सुरुवात

काठमाडौं, ५ असोज । पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्ड क्रिकेट टोलीले तीन खेलको टी२० श्रृंखलामा विजयी सुरुवात गरेको छ । मङ्गलबार सम्पन्‍न पहिलो खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।

जीतका लागि पाएको १५९ रनको लक्ष्य इंग्ल्यान्डले ४ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । इंग्ल्यान्डको जीतका एलेक्स हेल्सले ५३ रनको अर्धशतकीय पारी खेले भने ह्‍यारी ब्रुक ४२ रनमा अविजित रहे ।

बेन डकेटले २१ तथा डेविड मलानले २० रन बनाए । पाकिस्तानका उस्मान कादिरले २ तथा हारिस राउफ र शाहनवाज दहानीले १-१ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनायो । मोहम्मद रिजवानले ६८ रन बनाउँदा कप्तान बाबर आजमले ३८ रन बनाए ।

इफ्तिकार अहमदले २८ रनको योगदान दिए । इंग्ल्यान्डका लुक वूडले ३ विकेट लिँदा आदिल राशिदले २ तथा साम करान र मोइन अलीले १-१ विकेट लिए ।

जीतसँगै इंग्ल्यान्डले सात खेलको श्रृंखलामा १-० को अग्रता लिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...