जिप दुर्घटनामा दम्पती सहित ३ जनाको मृत्यु

रुपन्देही । बुटवलमा भएको जिप दुर्घटनामा दम्पती सहित ३ जनाको मृत्यु भएको छ।

बुटवलको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिँदा दम्पती र जिप चालकको घटनास्थलमै मृत्यु भएको हो ।मृत्यु हुनेमा बुटवल-१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् ।

श्रीमती गौरी खनाललाई दमको उपचारका लागि नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल लैजाने क्रममा जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। जिपमा अन्य कोहि नभएको बुझिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय