डा.शेखरलाई खोज्दै कोइराला निवासमा देउवा !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिराटनगर स्थित डा.शेखर कोइरालाको घरमा चिया खान पुगेका छन् ।यद्यपि देउवा बिराटनगर पुग्दा कांग्रेस नेता डा. शेखर कोइराला भने बिराटनगरमा थिएनन् ।
नेपाली कांग्रेस कोशी प्रदेश समितिको सम्मेलन उद्घाटन गर्न शुक्रबार नै बिराटनगर पुगेका देउवाले कार्यक्रममा शेखर कोइराला नआउने खबर पाएपछि घरमै भेट्न पुगेका थिए।तर,डा.शेखर भने चितवनमा कांग्रेसकै कार्यक्रममा ब्यस्त थिए। डा.शशांक कोइरालालाई लिएर कोइराला निवास पुगेका देउवा चिया पिएर फर्केका थिए।
पार्टीमा बरियता बिबादका कारण डा.शेखरले आफ्नै क्षेत्रमा भएको प्रदेश सम्मेलन बहिस्कार गर्ने जनाउ पहिल्यै दिएका थिए।त्यसैले पनि सभापति देउवा,उपसभापति पुर्णबहादुर खड्का,महामन्त्रीद्वय गगन थापा र बिश्व प्रकाश शर्मा,पुर्व महामन्त्री कृष्ण सिटौला र डा.शशांक कोइराला तथा बिजय गच्छदार लगायत दर्जन नेताहरू बिराटनगर पुग्दा डा.शेखर भने प्रदेश नै छाडेर हिंडे।
डा.शेखरले देउवापछिको वरियता पाउनुपर्ने भन्दै आएका छन् ।तर,कांग्रेसमा दोस्रो वरियतामा पुर्णबहादुर खड्का छन् । शेखर कोइरालालाई वरियता अनुसार आशनग्रहण गराउदा धेरै पछाडी पर्ने देखेपछि कोइराला समर्थक नेताकार्यकर्ताले समेत असन्तुष्टि जनाएका थिए। शेखर कोइराला १५ औं महाधिवेशनमा पार्टी सभापति उठ्ने तयारीमा रहेकाले पनि देउवासँग मिलेर भन्दा लडेर नै जाने मनस्थितिमा छन् ।
यसैबीच चितवनमा आयोजित कार्यक्रममा डा.शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेले मात्रै संविधान संशोधन गरेर नहुने बताएका छन् । उनले सबै दलको सहमति चाहिनेमा जोड दिएका थिए।
नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले भने-‘सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्छ । नेपाली कांग्रेस र नेकपा (एमाले)ले मात्रै संविधान संशोधन गरेर हुँदैन।’

