जन्मदिनमा विद्यार्थीलाई न्यानो कपडा सहयोग

पाँचथर। पुर्वको पाँचथर जिल्ला स्थित याङवरकमा एक विद्यालयका प्रधानअध्यापक र शिक्षिकाले जन्मदिनको अवसरमा विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका छन् ।

जिल्लाको याङवरक गाउँपालिका वडा नम्बर-६ स्थित गणेश उच्च माध्यमिक विद्यालयका प्राधानाध्यापक अभि भारती र शिक्षिका शिला योङहाङले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उक्त सहयोग गरेका हुन् ।

उनीहरुले जन्मदिनको अवसर पारेर विद्यालयमा अध्यनरत गरिब तथा जेहन्दार र अनुशाशीत छात्रछात्रालाई न्यानो कपडा वितरण गरेका हुन् ।जाडोको समयमा विद्यार्थीलाई पठनपाठनमा सजिलो होस् भन्ने अभिप्रायले जाडोको स्वेटर लगायत सामाग्री वितरण गरिएको हो।

सो कार्यबाट विद्यार्थीहरु खुशी हुनुको साथै नियमित विद्यालय आउजाउ गर्न समेत सजिलो भएको र पढ्ने उत्साह बढेको भन्दै प्रधानअध्यापकको कार्यको स्थानीयले प्रशंशा गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय