रुकुममा चिर्पटले हानेर श्रीमानको हत्या !

काठमाडौं । रुकुमपश्चिमको चौरजहारी नगरपालिका-२ विजयश्वरीमा श्रीमतीको चिर्पट प्रहारबाट श्रीमानको मृत्यु भएको छ।
घरायसी विवादका कारण ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेकी हुन् ।मंगलबार बिहान दीपाले श्रीमानको चिर्पटले टाउकोमा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।
प्रहरी निरीक्षकका अनुसार चिर्पटले टाउकोमा प्रहार गरेर मृतावस्थामा रहेको खबर छोरा १८ वर्षीय खिम कुमालले प्रहरीलाई खबर गरेका थिए ।सूचनालगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट गएको प्रहरी टोलीले आरोपी महिलालाई नियन्त्रणमा लिइएको छ ।
शव भने परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । घरायसी विवादका कारण श्रीमान्को हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको र घटनाका विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

