महरा पुत्र राहुल १४ महिना जेल बसेर छुटे

काठमाडौं । पुर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा जेलमुक्त भएका छन् ।

सुन तस्करीमा दोषी ठहर भएर १४ महिनादेखि जेलमा रहेका महरा पुत्र राहुल महरा तिहारमा रिहा भएका छन् । अदालतले तोकेको सजाय भुक्तान गरेर उनी छुटेको कारागार स्रोतले जनाएको छ।

२०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट ‘भेप’ मार्फत लुकाएर सुन तस्करी गर्ने समूहका वाङ्ग दाओजिनसँग महराका बाबुछोराको बारम्बार फोन सम्पर्क भएको देखिएको थियो । राहुललाई २०८० भदौ १३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गर्यो । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

राहुलको मुद्दामा गत भदौमा फैसला भएको हो । न्यायाधीश केशव पोखरेलले उनलाई १४ महिनाको जेल सजाय सुनाएका थिए । पक्राउ परेको दिनदेखि उनको जेल सजाय गणना भएर १३ कात्तिकमा १४ महिना पूरा भएको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय