देशमा सबैभन्दा ठुलो आवश्यकता इमानदारिताको हो- चालिसे

काठमाडौ।प्रतिनिधि सभा सदस्य एवं अर्थ समितिका सभापति सन्तोष चालिसेले इमानदारीता नै सबैभन्दा ठुलो आवश्यकता भएकोमा जोड दिएका छन् ।
सिंहदरबार वैद्यखानाको ३० औँ वार्षिकोत्सव समारोहमा बोल्दै अर्थ समिति सभापति चालीसेले सिंहदरबार वैद्यखानालाई सबै मिलेर सञ्चालन गर्नुपर्ने पनि बताए । उनले ३७५ वर्षअघि स्थापना भएको सिंहदरबार वैद्यखाना अहिले धराशायी बन्नु दुःखद भएको बताए ।
उनले १५० किसिमका औषधिहरू बनाउने वैद्यखाना अहिले शून्य सरह बन्नु दुःख लागेको बताए । उनले लामो समय धराशायी भएको संस्थालाई सञ्चालन गर्ने प्रयास गर्नु नै राम्रो कदम भएको बताए । उनले सबैमा गरौँ भन्ने भावना जागृत गर्नसके देश विकास गर्न सम्भव नहुने बताए ।
उनले भने ‘सबैभन्दा महत्त्वपूर्ण कुरा ३७५ वर्षअघि स्थापना भएको, प्रताप मल्लले स्थापना गरेको, कुनैबेला १५० किसिमका औषधिहरू व्यापक रूपमा बन्ने गरेको संस्था आज धराशायी भएको छ । आजको सबैभन्दा ठुलो आवश्यकता भनेको इमानदारिताको हो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरका प्रमुख बालेन साह लगायत उपस्थित थिए।

