मीनबहादुर गुरुङ हाम्रै कार्यकर्ता हुन् : नेकपा एमाले

काठमाडौ । नेकपा एमालेले पार्टीलाई जग्गा दिने भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ एमालेकै सक्रिय कार्यकर्ता रहेको खुलाएको छ।

एमालेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि भाटभटेनी संचालक गुरुङ मार्फत प्राप्त जग्गाका विषयलाई लिएर पार्टी भित्र र बाहिर भएका छलफल, बहस र टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । एमालेले गुरुङको सहयोगलाई लिएर पार्टीमा उठेको बिषय सामान्य भएको पनि बताएको छ।

यसैबीच बुधबार एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू खेदजनक भएको दाबी गरेका छन् ।‘७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भर्त्सनायोग्य छ’, गौतमले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

एमालेले जग्गा दाता व्यवसायी मीनबहादुर गुरुङ विद्यार्थीकालदेखि धरानमा अध्ययन गर्दा नै अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको बताएको छ । ‘नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैंकिङ सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामीप्यमा रही कार्य गरेको तथ्य जगजाहेर छ’, गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमालेले गुरुङका नाममा विचाराधीन रहेको मुद्दाका बारेमा गुरुङले नै फेस गर्ने र संविधान र कानुनभन्दा माथि कोही नरहेको पनि जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...