सोलुखुम्बुमा हिमताल फुटेको आशंका !

काठमाडौं ।सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ ।
प्रारम्भिक जानकारी अनुसार हिम ताल फुटेर बाढी आएको भनिएको छ। गाउँपालिकाकाले पनि हिम ताल फुटेकोले बाढी आएको आशंका गरेको छ ।
बाढीले थामे गाउँमा ठूलो क्षति भएको भन्दै दुधकोशी तटीय क्षेत्रकालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । यसबारे बिस्तृत कारण अझै खुलेको छैन ।

