सेयर बजारमा पहिरो, १४५ अंकले घट्दा कारोबारमा फेरि नयाँ रेकर्ड

काठमाडौं, २२ साउन । सेयर बजारमा मङ्गलबार भारी अंकको गिरावट आएको छ । मङ्गलबार सेयर बजार परिसूचक नेप्से १४५.०५ अंक अर्थात् ५.१८ प्रतिशतले घटेको छ र २६५१ अंकमा पुगेको छ ।

सेयर बजारमा पहिरो जाँदा कारोबार रकमले भने फेरि नयाँ रेकर्ड बनाएको छ । यस दिन २३ अर्ब ७१ करोडको कारोबार भएको छ । यसअघि गत साता बुधबार २१ अर्ब ९१ करोडको उच्च रेकर्ड बनेको थियो ।

आज सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ६.०६, विकास बैंक ५.४३, फाइनान्स ८.२७, होटल तथा पर्यटन ८.०३, हाइड्रोपावर ४.७, लगानी ६.३, जीवन बीमा ६.३, उत्पादन ४.७, माइक्रोफाइनान्स ३.८, निर्जीवन बीमा ५, अन्य १.३ तथा ब्यापार समूह ५.८ प्रतिशत घटे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...