धादिङ दुर्घटना: घाइतेमध्ये एकको ज्यान गयो

धादिङ, २१ साउन । धादिङमा सोमबार विहान गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा घाइते भएका १० जना यात्रुमध्ये एकको ज्यान गएको छ । नेपाल प्रहरीले जनाए अनुसार उपचारका क्रममा एकको ज्यान गएको हो ।
सोमबार विहान धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो ।
दुर्घटनामा परी घाइते भएकाहरुलाई गजुरी स्थित स्वास्थ्य केन्द्र पठाइएकामा एकजनाको मृत्यु भएको हो भने ८ जना सामान्य उपचारपछि घर फर्किएका छन् भने अर्का एकजनाको उपचार भइरहेको छ ।
उक्त स्थानमा अहिले अवरोध हटाई राजमार्ग दुईतर्फी सुचारु भैसकेको छ ।

