पल शाहको नयाँ चलचित्र ‘कल्ली’ बन्ने

काठमाडौं, १९ साउन । अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमालको नयाँ चलचित्र ‘कल्ली’ निर्माणको घोषणा भएको छ । आगामी चैत्र २९ गतेलाई प्रदर्शन मिति तोकेर चलचित्र बन्न लागेको हो।

रेड बर्ड प्रोडक्शन र कस्तूरी प्रोडक्शनको ब्यानरमा यो फिल्म निर्माणको घोषणा गरिएको हो।निर्माता किरण नेपालीको प्रस्तुति रहने चलचित्र ‘कल्ली’ लक्ष्मण सुनारको कथा तथा निर्देशनमा तयार हुनेछ।लक्ष्मणले यसअघि फिल्म ‘बुलाकी’ निर्देशन गरेका थिए। फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ भने निर्माण प्रमुख सुरज आचार्य छन्।

फिल्मको मुख्य भूमिकामा नायक पल शाह र नायिका बेनिशा हमाल हुने भनिए पनि अन्य कलाकार बारे खुलाइएको छैन। फिल्मको छायांकन अगावै निर्माणपक्षले पल र बेनिशाको लुक्स  समेत सार्वजनिक गरेको छ ।

पल शाहलाई ‘रिसाहा’ अर्थात एङ्ग्री मेन अवतारमा देखाइएको फिल्ममा बेनिशाको अवतार भने फरक छ। उनको आँखाबाट आँसु झरेको देख्न सकिन्छ । नायक पल शाह र नायिका बेनिशा हमालले पहिलो पटक एकसाथ पर्दामा काम गर्न लागेका हुन् । फिल्मको पोस्टरलाई राकेश दाहालले तयार पारेका हुन् ।

फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको र दसैं वा तिहारपछि फिल्मको छायांकन सुरु हुने निर्माण पक्षको भनाइ छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • रसुवा बाढी: धादिङका ७९ सम्पर्क विहीन 

    धादिङ । रसुवाको भोटेकोसी नदीमा गएको बाढीपछि धादिङका ७९ जना अझै सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी...

  • आज जनैपूर्णिमा

    देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले...