रवि लामिछानेले दिए देउवालाई प्रधानमन्त्रीको शुभकामना !

फाइल तस्वीर

काठमाडौं, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न लागेकोमा व्यंग्यात्मक शुभकामना दिएका छन् ।

आइतबार साँझ आफ्नो फेसबुकमा लेख्दै रास्वपा सभापति रविले दिउँसो संसदमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको अभिव्यक्ति सुनेपछि सरकारको आयुका बारेमा व्यंग्य गर्दै यस्तो भनेको हुनसक्छ ।

उनले लेखेका छन् -‘सरकारका पछिल्ला कदम र कांग्रेस महामन्त्रीज्युको कुरा सुने पछि पुरै ढुक्क भैयो,यो गठबन्धन निकै बलियो हुनेछ।त्यसैले सम्झौताको बुँदा ४ अनुसार २०८३ साल साउनमा प्रधानमन्त्री बन्न लाग्नु भएका कांग्रेस सभापति मा.शेर बहादुर देउवालाई हार्दिक बधाइ दिदै सफल कार्यकालको शुभकामना दिन चाहन्छु।’

कांग्रेस महामन्त्री शर्माले गिरिबन्धु टी स्टेट र भुटानी शरणार्थीका फाइल खोल्ने काम बन्द गर्न नहुने तर्क सहित प्रधानमन्त्री र गृहमन्त्रीलाई कामका बारेमा बुँदागत सुझाव सहित जनताको अपेक्षा सम्झाएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय