त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजी कार्य पुन: सुरु

तस्वीर: नेपाली सेना

चितवन, २९ असार । चितवनको नारायणगढ—मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने सिमलतालमा शुक्रबार पहिरोले बगाएर त्रिशुलीमा बेपत्ता भएको बस र यात्रुको खोजी कार्य शनिबार विहानेखि पुनः सुरु गरिएको छ । हिजो साँझ स्थगित गरिएको खोजी कार्य आज बिहानैदेखि सुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट हिजोकै संख्यामा जनपथ प्रहरीसहित विपत सुरक्षामा काम गर्ने टोली तैनाथ गरिएको छ । त्यसैगरि खोताखोरसहितको सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली पनि बिहानैदेखि खोजीमा लागेका छन् ।

शुक्रबार साँझ बसको पर्दाजस्तो कपडा र बच्चाको कपडा फेला परेको थियो । आज सोही स्थान वरपर केन्द्रित रहेर खोजीकार्य सुरु गरिएको छ । लामो समय भइसकेकाले अब यात्रुहरु जीवितै भेटिने सम्भावना भने कम हुँदै गएको छ ।

हिजो बिहान अन्दाजी ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्ने सिमलतालमा आएको लेदोसहितको पहिरोले बीरगञ्जबाट काठमाडौँ जाँदै गरेको र  काठमाडौँबाट गौरतर्फ गुडिरहेको दुई बस बगाएको थियो । दुई बसमा गरेर करिब ६० जना यात्रु रहेको अनुमान छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय