ढल्यो प्रचण्ड सरकार !
काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार १९ महिनामा ढलेको छ।
आज प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यक्रम रहेकोमा उनको पक्षमा बहुमत नपुगेपछी उनको नेतृत्वको सरकार ढलेको हो। यो परिणामसँगै प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद पदमुक्त भएको छ।
विश्वासको मतको मत विभाजनको बैठकमा २५८ उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा माओवादी, रास्वपा र नेकपा एसका ६३ सांसदले मतदान गरे । विपक्षमा कांग्रेस,एमाले,राप्रपा,लोसपा जसपा,जसपा नेपाल,नागरिक उन्मुक्ति र जनमत सहित १९४ मत प्राप्त भयो ।
२७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ । मतदानमा कतैपनी मत दिन्न भन्नेमा नेमकिपाका सांसदको एक मत पर्यो ।

