मोरङको बुढीखोलाले बगाउँदा १ को मृत्यु २ बेपत्ता

सुनसरी । अविरल बर्षापछी मोरङको बूढी खोलाम आएको बाढीले बगाउदा एक जनाको ज्यान गएको छ । बाढीमा दुई जना बेपत्ता भएका छन् ।

मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर-४ अन्तर्गत गौशला नजिकै बूढी खोलामा माछा मार्ने क्रममा मंगलबार दिउँसो चार जनालाई बाढीले बगाएको थियो । बाढीले बगाएकामध्ये सुन्दरहरैँचा-४ की प्रेमकला चौधरीको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ ।

यस्तै खोलाको बाढीमा ६० वर्षकी अप्सरादेवी चौधरी र ३० वर्षकी फूला चौधरी बेपत्ता भएका छन् ।उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। बाढीले बगाएकी ३० वर्षकी स्वस्तिका चौधरीको भने उद्धार गरिएको थियो।

मनसुन सक्रिय भएसँगै कोशी प्रदेशको झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा गए रातिदेखि ठूलो पानी परिरहेको छ । सुनसरीको चतरामा १२ घण्टामा १ सय ६५ मिलिमिटर पानी परेको छ । बाढी सूचना केन्द्रले मोरङको बूढी खोला र गछिया खोलाको बाढीले सतर्कता तह पार गरेको भन्दै चेतावनी पनि जारी गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय