बिधान मिचेर अघि नबढ्न प्राध्यापक संघको चेतावनी
काठमाडौं ।त्रिवि प्राध्यापक संघकाे अधिवेशनमा बिधान मिचेर अगाडी नबढ्न प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले ध्यानाकर्षण गराएको छ।
संघका महासचिव राजेन्द्र गाैतमद्वारा मंगलवार जारी विज्ञप्तिमा त्रिभुवन विश्वविद्ययालय प्राध्यापक संघको वैध अधिवेशन अहिलेको आवश्यकता हो भन्दै वैध अधिवेशनका लागि त्रिवि प्राध्यापक संघको विधान तथा त्रिवि प्राध्यापक संघ निर्वाचन नियमावली २०६० (पहिलो संसोधन २०६८ सहित) अनुसार पत्राचार भएको उल्लेख छ।
बिधान र नियमावली अनुसार एकाई साधारणसभाबाट दश जना सदस्य बराबर एकजना प्रतिनिधिका हिसावले त्रिवि प्राध्यापक संघको राष्ट्रिय अधिवेशन प्रतिनिधि समानुपातिक सिद्धान्तअनुरुप एकलसङ्क्रमणीय मत सिद्धान्तका आधारमा निर्वाचन गरि पठाउनु पर्ने भनी त्रिभुवन विश्वविद्ययालय प्राध्यापक संघ केन्द्रीय कार्यालयले सबै एकाई समितिहरूमा पत्राचार गरेको उल्लेख छ।
बिज्ञप्तिमा भनिएको छ-,’त्रिभुवन विश्वविद्ययालय प्राध्यापक संघले पठाएको उक्त पत्र बमोजिम संघको राष्ट्रिय अधिवेशन प्रतिनिधि छानिएको नदेखिएकाले गत २०८० मड़िसरमा यस संघको अधिवेशन स्थगन भएको सर्वविदितै छ । त्यस पछाडि आजसम्म पनि राष्ट्रिय अधिवेशन प्रतिनिधि केन्दीय समिति निर्वाचन मतदाता नामावली उपर छानविन मै अन्तिम नामावली प्रकाशित भएको अवस्था छैन ।’
यसैगरी यथास्थितिमा गैर मतदाताहरूवाट निर्वाचन गराउने षडयन्त्रकासाथ त्रिवि प्राध्यापक संघ निर्वाचन समिति २०७९ का नाममा निर्वाचन कार्यतालिका प्रकाशित गर्नु सम्पूर्ण प्राध्यापकको मानमर्दन हो भन्दै सो बिज्ञप्तिमा यस्तो अवैध कार्यको प्राजातन्त्रवादी प्राध्यापक संघ नेपाल भत्सर्ना गर्दछ भनिएको छ ।
बिज्ञप्तिमा त्रिभुवन विश्वविद्ययालय प्राध्यापक संघ निर्वाचनको वैधानिक निकासका लागि विश्वसनिय छानविन समितिमार्फत तत्काल सघले सम्बन्धित एकाई समितिमा पठाएको उल्लिखित पत्रानुसारको वैधानिक प्रक्रिया पुरा गरे नगरेको छानविन गरी अन्तिम मतदाता नामावली तयार गरी सोही नामावलीका आधारमा यथासक्य छिटो निर्वाचन गर्ने कार्यतालिका प्रकाशन गर्न त्रिवि प्राध्यापक संघ र त्रिवि प्राध्यापक संघ निर्वाचन समिति २०७९ सँग अनुरोध छ। यथास्थितिमा यहि २०८१ असार ७/८ गते त्रिवि प्राध्यापक संघको निर्वाचन सम्भव छैन । विधान मिचेर थप कार्य अघि बढाएमा उत्पन्न परिस्थितिको जिम्मेवार त्रिवि प्राध्यापक संघ केन्द्रीय समिति र त्रिवि प्राध्यापक संघ निर्वाचन समिति
२०७९ हनेछ भनिएको छ ।


