बजेटमा काठमाडौं-३, कहाँ के ? (विवरण सहित)

काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३ भौगोलिक हिसाबले कागेश्वरी मनोहरा नगरपालिका १,२ र ३ संगै गोकर्णेश्वर नगरपालिका भित्रका ९ वटै वडा र कामनपा वडा नम्बर-६ सम्म फैलिएको छ। यो क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सांसद सन्तोष चालिसे हाल अर्थ समिति सभापति समेत छन् ।

अर्थ समिति सभापतिको क्षेत्र भएका कारण पनि यहाँ आर्थिक बर्ष २०८१/८२ को बार्षिक बजेटमा के कति आयोजना समावेश भए होलान् भन्ने चासो सबैलाई छ। यस बिषयमा अर्थ समिति सभापति समेत रहेका सांसद चालिसेले राम्रो पहल गरेको र सोही अनुरुप बजेट पार्न सकिएको समेत बताएका छन् । बजेट निर्माणकै सन्दर्भमा पनि चालिसेले स्थानीय तहसम्म समन्वय गरेर बजेटको आवश्यकता र संभावना बारे राय लिएका थिए। उनको यो कामको स्थानीयले खुलेर प्रशंसा गरेका छन् ।

अर्थ समिति सभापति चालीसेको सचिवालयले जनाए अनुसार ०८१/०८२ को बार्षिक बजेट अन्तर्गत विकास आयाेजना मध्य शहरी विकास मन्त्रालयबाट काठमाडौ क्षेत्र नं ३ मा निम्न याेजनाहरू समावेश छन् ।

कागेश्वोरी महादेव खाेला काेरिडाेर निर्माणमा ५० लाख र नयाँपाटी स्वास्थ चाैकी निर्माणमा ७० लाख बजेट परेको छ।यसैगरी कागेश्वरी मनाेहरा-२ स्थित पर्ति जग्गा संरक्षण गरि फुटबल मैदान निर्माणमा १ कराेड, का म पा-६ स्थित बाैद्व अरूणीमा मार्ग देखि बागमती सम्म सडक तथा नाला स्तराेन्नतीमा १ कराेड बजेट परेको छ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर- ५ स्थित बिश्रान्ती तरकारी बजारबाट हनुमान मन्दिर जाने बाटाे स्तराेन्नतीको लागि पनि १ कराेड र गोकर्णेश्वर- ८ स्थित ढाेल्का धारादेखि आनन्द गणेश मन्दिरसम्मकाे सडक स्तराेन्नतीको लागि पनि १ कराेड बजेट परेको छ।

गोकर्णेश्वरकै भुमीस्थली पशु बिकास कार्यलय देखि खैबुकाे घर बाट स्वास्थ चाैकी जाने बाटाे स्तराेन्नतीमा १ कराेड अनि गोकर्णेश्वर-९ स्थित शिवपुरी चाेक बाट आरूबारी सडक स्तराेन्नतीमा पनि १ कराेड,गोकर्णेश्वर- ३ स्थित सुन्ताखान तारेभिर सडक स्तराेन्नतीमा १ कराेड,गोकर्णेश्वर-१ स्थित मुलखर्क सडक १ कराेड,नरे तामाङको घर देखि वीपी चाेक सडक स्तराेन्नती १ कराेड,गोकर्णेश्वर- ३ स्थित नमुना बस्तीमा जाने सडक स्तराेन्नतीमा ७० लाख बजेट परेको छ।

बाकी कहाँ के ? हेरौं :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन शहरी विकास मन्त्रालय

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय