दरबार हत्याकाण्डको २३ वर्ष पूरा, घटना अझै पनि रहस्यमै

काठमाडौं, १९ जेठ । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । वि सं २०५८ जेठ १९ गते शुक्रबार साँझ राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुने गरी भएको हत्याकाण्डको २२ वर्ष भइसक्दा पनि अझै रहस्यकै गर्भमा छ । सत्यतथ्य घटना अझैपनि सार्वजनिक हुन सकेको छैन ।

सधैंको शुक्रबार पारिवारिक जमघट र भोज हुने गरेकोमा त्यस शुक्रबार पनि जमघटमै भएका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो ।

उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड कसले र किन गरायो भन्‍ने बारेमा अझै सत्यतथ्य सार्वजनिक भएको छैन । हत्याकाण्डपछि गठित छानबिन समितिले पनि चित्तबुझ्दो कारण दिएको थिएन ।

हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई पहिले गोली हानी मारेको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको भएपनि त्यसमा विश्‍वास गर्न सकिएको थिएन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय