राष्ट्रिय ललितकला प्रदर्शनीमा गोकर्णेश्वर-६का टासी शेर्पा प्रथम

राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१ मा प्रथम भई गोकर्णेश्वर नगरपालिका वडा नं-६का टासी शेर्पा शालाका राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको छ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हीत बहादुर तामाङले नगद ६० हजार र प्रमाणपत्र सहिद उनलाई सम्मान गरे।बागमती प्रदेशले गत चैत १२ देखि १६ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ललितकला प्रदर्शनीमा उत्कृष्ट भएर राष्ट्रिय ललित कला प्रदर्शनी-२०८१ मा १,००० जना प्रतिस्पर्धी मध्य सर्व उत्कृष्ट भई टासी प्रथम भएका हुन् ।
उनले ‘सम्पत्तिका लागि मरिहत्ते गर्ने वा भ्रष्टाचार गर्ने प्रवृत्ती बन्द गर्नु पर्छ।मरि लानु के छ र?के साथमा लिएर जानेछौं? मृत्युपछि हामीले प्राप्त गर्न सकिने एक मात्र मूर्त सम्पत्ति भनेको ट्याटु र घाउको दाग हो’ भन्ने सन्देश सहितको कला प्रवाह गरेका थिए।

राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि उनलाई आफ्नो क्षेत्रका जनप्रतिनिधिको रुपमा नेपाल सरकार अर्थ समिति सभापति एवं काठमाडौ क्षेत्र नं -३ संघिय सांसद सन्तोष चालिसे,गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल,शिक्षा शाखा समिती र गोकर्णेश्वर वडा नं -६ वडा प्रमुख नवराज लामाले सम्मान गरेका थिए।
अर्थ समिति सभापति सन्तोष चालिसेले बधाई दिदै,अब अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिदा आफुले सक्दो सहयोग गर्ने वचन दिए।उनले नगर र क्षेत्रको नाम राख्न सफल भएको भन्दै शेर्पालाई आगामी दिनको लागि शुभकामना पनि दिए।

गोकर्णेश्वर नगर प्रमुख दिपककुमार रिसालले गोकर्णेश्वर नगरपालिकालाई विभिन्न क्षेत्रबाट उच्च तहमा चिनाउन सफल भए जस्तै शेर्पाको यो कलाले अझै उत्कृष्ट नतिजा हासिल गरेकोमा खुशी व्यक्त गरे।उनले शेर्पालाई नगरपालिका र व्यक्तिगत तर्फबाट बधाई दिदै अब पनि यस्तो प्रतियोगितामा जादा नगरपालिकालाई जानकारी गराएर जान र आवश्यक परे सहयोग गर्न तत्पर तयार रहेको सुनाए।
त्यस्तै गोकर्णेश्वर वडा नं-६ का अध्यक्ष नवराज गुरुङले आफ्नो वडावासीले कला मार्फत वडा र नगरलाई चिनाउन सफल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा वडाले गर्नु पर्ने साथ सहयोग रहने आश्वासन सहित सफलताको शुभकामना दिए।
जेठ १५ देखि ३० गते सम्म उक्त प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको भवनमा प्रदर्सन हुँदैछ। टासी शेर्पा २०७७ सालमा नेपाल चेम्बर्स अफ कमर्सले आयोजना गरेको चित्रकला प्रतियोगितामा पनि प्रथम भएका थिए।बिगत ५ वर्षदेखि उनी ट्याटु आर्टिसको रुपमा काम गर्दै आएका छन् ।


