गैँडाकोटको थुम्सीमा सडक भासिँदा पूर्व-पश्‍चिम राजमार्ग अवरुद्ध

नवलपुर, १५ जेठ । पूर्व-पश्‍चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका-९ थुम्सीमा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड अहिले पूर्ण रुपमा बन्द छ ।

सोमबार साँझदेखिको वर्षाका कारणका मध्यराति करिब साढे १ बजेको समयमा सडक भासिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सडक भासिएको ठाउँमा एउटा ट्रकसमेत फसेको छ ।

राजमार्ग सुचारु गराउन कम्तिमा पनि एक-डेढ घण्टा लाग्ने जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय