विश्वकपको वार्म अप खेलमा नेपाल क्यानडासँग पराजित

काठमाडौं, १५ जेठ । आइसिसी टी-२० विश्‍वकप अघिको पहिलो वार्म अप खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । डलासको प्रेरी भ्यु मैदानमा भएको खेलमा क्यानडाले नेपाललाई ६३ रनले हराएको हो ।

क्यानडाले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा १२० रनमा समेटियो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । त्यस्तै अनिल कुमार साहले २४ तथा आसिफ शेखले २२ रन बनाए ।

क्यानडाका लागि डिलोन हेलिङ्गरले २.३ ओभरमा २० रन दिएर ४ विकेट लिए । कप्तान साद बिन जफरले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए । जेरेमी गोर्डोनले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए । कलिम साना र पर्गत सिंहले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनायो । क्यानडाका लागि निकोलस किर्टनले सर्वाधिक ५२ रन बनाए । त्यस्तै रविन्दरपाल सिंह ४१ रनमा अविजित रहे ।

नेपालका लागि अविनाश बोहराले ३ ओभरमा २७ रन दिएर २ विकेट लिए । करण केसी, सोमपाल कामी, गुल्शन झा, ललित राजवंशी र सागर ढकालले १-१ विकेट लिए ।

नेपालले अब विश्‍वकप अघिको अन्तिम वार्म अप खेल बुधबार अमेरिकासँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...