क्यानडाद्वारा नेपाललाई बलियो लक्ष्य

फाइल तस्वीर: क्यान

काठमाडौं, १४ जेठ । आइसिसी टी-२० विश्‍वकप अघिको पहिलो वार्म अप खेलमा नेपालले अहिले क्यानडासँग खेलिरहेको छ । डलासको प्रेरी भ्यु मैदानमा जारी खेल जित्‍न नेपालले १८४ रनको बलियो लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनायो । क्यानडाका लागि निकोलस किर्टनले सर्वाधिक ५२ रन बनाए । त्यस्तै रविन्दरपाल सिंह ४१ रनमा अविजित रहे ।

नेपालका लागि अविनाश बोहराले ३ ओभरमा २७ रन दिएर २ विकेट लिए । करण केसी, सोमपाल कामी, गुल्शन झा, ललित राजवंशी र सागर ढकालले १-१ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...