एमाले फालेलुङको अध्यक्षमा पुष्प

तारा पोख्रेल

पाँचथर ।सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेको फालेलुङ्ग गाउपालिकाको दोश्रो अधिबेशन सम्पन्न भएको छ।अधिवेशनले पुष्प तिम्सिनाको अध्यक्षतामा गाउँ कमिटी चयन गरेको छ।

फालेलुङ्ग गाउँ पालिकाको प्रेमबादी भवनमा सम्पन्न अधिवेशनको उद्घाटन संविधान सभा सदस्य तथा पार्टिका केन्द्रिय सदस्य अइन्द्र सुन्दर नेम्बाङ्गले गरेका थिए।

 

अध्यक्ष पुष्प तिम्सिना

प्रमुख अतिथी नेम्बाङ्गले शुभकामना दिदै पार्टीको हरेक कमिटीले मुल सिद्धान्त र बिचारलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए। उनले फालेलुङको नयाँ नेतृत्वले पार्टीको हकहित र जनताको भावनालाइ बुझेर काम गर्न र बिकास निर्माणमा महत्वपुर्ण भुमिका खेल्न सकोस् भन्ने शुभकामना दिए ।

कार्यक्रममा कलाकारहरुले सांगीतिक प्रस्तुति सहित मनोरञ्जन दिएका थिए । सो अवसरमा स्कुल र पालिकाका विभिन्न तहमा सेवा गरि योगदान गरे बापत ८८ बर्षिय थिर बहादुर माङ्मोलाई एमाले फालेलुङ्ग गाउँ कमिटीको तर्फबाट सम्मान पत्र दिइएको थियो ।

कार्यक्रममा संविधान सभा सदस्य तथा पुर्ब मन्त्री श्रीप्रसाद जबेगु सहित पाँचथर जिल्ला कमिटी अध्यक्ष बिष्णु प्रसाद सापकोटा , पुर्ब प्रदेश सांसद आशा रत्न जबेगु लगायत बिशिस्ट अतिथि उपस्थित थिए।यसैगरी पार्टीका जिल्ला कमिटी सदस्यहरु,पालिका सदस्यहरु र छानिएका प्रतिनिधिको उपस्थिति थियो ।

एमाले फालेलुङ गाउपालिका अध्यक्ष नरेन्द्र आङ्ग्थोपुको सभापतित्वमा भएको कार्यक्रम पार्टी गाउँ पालिका सचिव पुष्प तिम्सिनाले संचालन गरेका थिए। दोश्रो चरणको बन्द सत्रमा अध्यक्ष मन्डल धोषणा गरि प्रतिनिधि बन्द सत्रमा बसेका थिए । बन्द सत्रमा अध्यक्षले आफ्ना कामहरू बारे जानकारी गराएका थिए।

बन्द सत्रले पुष्प तिम्सिनाको अध्यक्षतामा ३५ सदस्यिय गाउँ पालिका कमिटी घोषणा गरेको थियो । जसमा उपाध्यक्ष मान बहादुर खड्का ,सचिब डिकिराम राई ,उपसचिव दिपक कडरिया (पुरुष) र उपसचिव देब कुमारी गिरि (महिला ) लगायत रहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय