नेपालले क्यानडा र अमेरिकासँग विश्‍वकपको वार्म अप खेल खेल्ने

काठमाडौं, ४ जेठ ।  नेपालले आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत समूह चरणका खेलहरु खेल्नुअघि दुई वार्मअप खेल खेल्ने भएको छ । नेपालले क्यानडा रअमेरिकासँग खेल्ने तय भएको हो ।

विश्वकपका खेलहरु सुरु हुनुभन्दा अगाडि आइसिसीले फरक समूहमा रहेका टोलीहरुबीच अभ्यास खेल राख्‍ने गर्दछ । सोही अनुरुप नेपालले समूह ए मा रहेका दुई एसोसियट टोलीसँग खेल्ने भएको हो । नेपालले मे २७ मा क्यानडा तथा मे ३० मा अमेरिकासँग वार्मअप खेल खेल्नेछ ।

टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि जुन २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । नेपालले आफ्नो पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्ने छ । त्यसपछि जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्ने छ ।

प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शिर्ष २ टोली सुपर ८ मा पुग्‍नेछन् । त्यहाँबाट दुई समूहका शीर्ष २ टोलीले सेमिफाइनल खेल्ने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय