इलाम-२ मा सुहाङ नेम्वाङ बिजयी

काठमाडौं। इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्।

शनिबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाममा सुहाङले अन्य १८ प्रतिस्पर्धी उम्मेदवारलाई पछि पार्दै बिजयी भएका हुन। उनले २७ हजार ७ सय ७२ मत ल्याए ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का दोस्रो भए। उनले २१ हजार ९ सय ४२ मत पाए। सुहाङभन्दा डम्बर ५ हजार ८ सय ३० मतले पछि परे। गत २०७९ मंसिर को निर्वाचनमा सुहाङका बुबा स्व.सुभाष नेम्वाङसंग जम्मा ११४ मतले पराजित डम्बर यसपटक धेरै मतान्तरले पराजित भए।

त्यस्तै,पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १४ हजार ४ सय ५७ मत प्राप्त गरेका छन्। उनी तेस्रोमा रहे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरी चौथो स्थानमा रहे। मिलनको भने धरौटी नै जफत भयो।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय