पल शाहको फिल्म ‘रावायण’ छायाङ्कनमा

काठमाडौं ।अभिनेता पल शाहको नयाँ चलचित्र ‘रावायण’ को छायाङ्कन जनकपुरको जानकी मन्दिरबाट सुरु भएको छ ।

निर्देशक सुदर्शन थापाको महत्वकांक्षी प्रोजेक्ट ‘रावायण’ को पूजा शर्मा, पल शाह, प्रमोद अग्रहरीलगायतको उपस्थितिमा जानकी मन्दिरमा क्यामेरा पुजा गर्दै छायाङ्कन सुरु गरिएको हो ।

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्मका निर्मातामा सुदर्शन र पूजा हुन् । फिल्म यसै वर्षको भदौ २१ गते तिजका दिन प्रदर्शनमा आउनेछ । फिल्ममा पल, पूजा र प्रमोदसँंगै प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, सुशान्त कुमार श्रेष्ठ , प्रदिप ढकाल लगायतका कलाकारको अभिनय रहनेछ ।

शिवम अधिकारीको लेखन, सौरभ लामाको छायाङ्कन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन रहने फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफ.डी कम्पनीले गर्नेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय