पल शाहलाई साढे दुई वर्ष कैद सजायको फैसला

नवलपुर, २१ भदौ । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ ।

यद्यपि बाल यौन दुरुपयोगको मुद्दामा भने उनलाई साढे २ वर्ष कैद तथा २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।

यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ भने अभिभावक र मिडियालाई पनि सचेत गराइएको छ ।

गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • रसुवा बाढी: धादिङका ७९ सम्पर्क विहीन 

    धादिङ । रसुवाको भोटेकोसी नदीमा गएको बाढीपछि धादिङका ७९ जना अझै सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी...

  • आज जनैपूर्णिमा

    देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले...