सातै प्रदेशका मुख्यमन्त्री धरमरमा !

काठमाडौं, २८ वैशाख । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले सपथ लिइरहेका बेला एकदिन अघि मुख्यमन्त्रीबाट बर्खास्त भएका केदार कार्की उनी विरुद्ध अदालतमा रिट दर्ता गराउदै थिए।

हुनै नसक्ने धारा प्रयोग गरेर आफुलाई हटाउदै हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गराएको भन्दै कांग्रेसका केदार कार्की अदालत गएका हुन् । उनको रिट दर्ता हुँदैगर्दा कोशीमा मुख्यमन्त्री सहित २ मन्त्री सपथ लिदैथिए। कोशीमा यो अस्थिरता पहिलो होइन छैटौं पटक हो। हिक्मत कार्की नै मुख्यमन्त्री नियुक्त भएको यो तेस्रो पटक हो।

उता जनता समाजवादी पार्टी,नेपाल(जसपा) फुटेर जनता समाजवादी पार्टी बनेपछि मधेस प्रदेशको सरकार पनि धरमरमा परेको छ। मुख्यमन्त्री सरोज यादवलाई दिएको समर्थन माओवादीले फिर्ता लिने निर्णय गरिसकेको छ भने एमाले पनि फिर्ता लिने तयारीमा छ। यहाँ मुख्यमन्त्रीकै पार्टी पनि फुटको कारण अल्पमतमा पर्ने निश्चित भएको नयाँ दलका नेताहरू बताउँछन् ।

बागमती प्रदेशका मुख्यमन्त्री पनि तनाबमै छन् । उनी हाल बिरामी छन् । बागमतीमा पनी सरकारलाई समर्थन गरेको नेकपा एकीकृत समाजवादीले निहुँ खोजिरहेको छ। यदि समाजवादीले साथ छाड्ने हो भने मुख्यमन्त्री शालिकराम जम्मकटेलको पद धरमरमा छ।

यसैगरी गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी माथी पनि मुद्दा  परिसकेको छ। ६० सदस्यिय प्रदेश सभामा ३० सांसदले बिश्वासको मत दिदा पनि मुख्यमन्त्रीले बहुमत पाएको भनेर गरिएको फैसला विरुद्ध निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डे अदालत गुहार्न पुगेका छन् । यहाँ पनि सरकारको आयु कति हो भन्ने टुंगो छैन।

कर्णाली प्रदेशमा पनि मुख्यमन्त्री नियुक्त भएका एमाले नेता यमलाल कडेलले मन्त्रीपरिषदलाई पुर्णता दिन सकेका छैनन् । आफ्नै पार्टीका मन्त्रीले सपथ लिएका छैनन् भने माओवादीले पनि निहुँ खोजिरहेको छ। जसको समाधान कर्णालीबाट संभव नभएपछि मुख्यमन्त्री काठमाडौ आएर खोजीरहेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न दौडधुप गरिरहे पनि समस्याको समाधान कतैबाट भएको छैन।

सुदुरपश्चिममा अनेक तिकडम र घुर्की पछि मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका नेता दिर्घ सोडारीले अहिलेसम्म बिश्वासको मत लिन सकेका छैनन् । सत्ता गठबन्धनबाटै मुख्यमन्त्री नियुक्त भएपनी सोडारीलाई बिश्वासको मत दिन नेकपा एमालेले आनाकानी गरिरहेको छ। यहि अवस्था रहिरहेमा केही दिनमा सोडारी मुख्यमन्त्रीबाटै आउट हुने अवस्था छ।

लुम्बिनीमा मुख्यमन्त्री बनेका प्रचण्डका पुर्व स्वकीय सचीव जोखबहादुर महराको अवस्था पनि उस्तै छ। जेनतेन सरकार गठन भएपनी नागरिक उन्मुक्ति पार्टी र जसपाको भाडभैलोका कारण महरा सरकारले पनि ढुक्क हुने अवस्था देखिन्न। केन्द्रमा बदलिएको सत्ता समीकरण पछि प्रदेशमा समेत त्यसको बाछिटा लाग्दा सबै प्रदेश सरकार धरमरको अवस्थामा पुगेका हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय