पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, ३ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले मङ्गलबार विहान १ बजेदेखि लागु हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँले वृद्धि गरेको हो ।
मूल्य वृद्धि भएसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७२ रुपैयाँ ५० पैसाबाट १७५ रुपैयाँ ५० पैसा पुगेको छ ।
यसैगरी दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७४ रुपैयाँ ५० पैसाबाट १७७ रुपैयाँ कायम भएको छ । तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७५ रुपैयाँबाट १७८ रुपैयाँ पुगेको छ ।
यसैगरी डिजेल र मट्टितेल एक लिटरको मूल्य क्रमशः १५८, १६० र १६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

