बजेट लेखन सुरू,अत्यावश्यक कामबाहेक मन्त्रालय प्रवेशमा रोक

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरू भएको छ।

अर्थ मन्त्रालयले अत्यावश्यक काम भएका बाहेक अरुलाई मन्त्रालय प्रवेशमा रोक लगाउनुको साथै भेटघाट मात्रैको लागि मन्त्रालय भित्र नआइदिन समेत आग्रह गरेको छ ।

अर्थमन्त्री,अर्थ सचीवसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको कुरालाई भन्दा बजेट राम्रो कसरी बनाउन सकिन्छ भन्ने बिषयलाई प्राथमिकता दिनुपरेको मन्त्रालयले जनाएको छ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले शुक्रबार सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति बनाइसकेका छन् । सहसचिचवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा समितिमा सदस्य छन् ।

हरेक वर्ष १५ जेठमा संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सरकारले बजेट निर्माणको कार्यतालिकामा हेरफेर गर्दै यो वर्ष बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस गरिसकेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...