माओवादी केन्द्रसँग पार्टी एकता गर्दै विप्लव

काठमाडौं, १७ चैत । पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) र नेत्रबिक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बिच पार्टी एकता हुने भएको छ।

नेकपा महासचिव विप्लव स्वयंले माओवादी केन्द्रसँग एकताको बहस चलिरहेको खुलासा गरेका छन् । उनले काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त खुलासा गरेका हुन् ।यद्यपि पार्टी एकताको टुंगो लाग्न भने बाँकी रहेको उनको भनाइ छ।

पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले पार्टीले सबै कम्युनिष्टसँग एकतालागि प्रयास गरिरहेको र माओवादी केन्द्रसँग पनि एकताको बहस भइरहेको जानकारी दिएका थिए।तत्कालीन एकीकृत नेकपा  माओवादीबाट २०६९ मा मोहन बैद्द ‘किरण’ र रामबहादुर थापा ‘बादल’ संगै अलग भएका विप्लवले पुनः मोहन बैद्द संग समेत अलग भएर भुमिगत समेत भएका थिए।

विप्लवले दुई तिहाइ बढी जनताले स्वीकार गरेको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर मुलुकको समाजवादी विकासमा अघि बढ्नुपर्ने धारणा समेत राखेका छन् । उनले समाजवादी मोर्चाभित्र पनि कम्युनिष्टहरुलाई एक पटक जनताप्रति फर्काउनुपर्छ भन्नेमा एकमत रहेको जिकिर गरे । हाल समाजवादी मोर्चामा विप्लवको पार्टी सहित नेकपा माओवादी केन्द्र,नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी आवद्ध छन् ।

त्यस्तै विप्लवले मुलुकको परिवर्तनमा योगदान गरेको जनयुद्धलाई अवमूल्यन गर्ने काम भएको भन्दै सत्य कुरालाई ढाकछोप गरेर जनतालाई भ्रमित गर्ने कामलाई संयमतापूर्वक चूनौती दिनुपर्नेमा समेत जोड दिए। उनले जनयुद्धमा सहभागी माओवादी घटकहरु एक भएर अहिलेको अवस्थाका बारेमा समीक्षा गर्ने बेला आएको समेत बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय