काठमाडौंसहित पूर्वी नेपालमा दिउँसो हल्का वर्षाको सम्भावना

काठमाडौं, ७ चैत । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

अहिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी ,मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षा तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का हिमपात भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो काठमाडौंसहित पुर्वी नेपालमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरुमा साथै बाँकी देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै राति कोशी ,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी ,मधेश, बागमती र गण्डकी प्रदेश सहित देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय