प्रधानमन्त्रीले ३० गते विश्वासको मत लिने

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते बुधबार विश्वासको मत लिने भएका छन् ।

पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनको लागि समय घर्किन लागेको भन्दै सबै सांसदलाई आफ्नो ठाउँबाट तयारी थाल्न समेत निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफुलाई ढुक्क देखाउन र सरकार सुरक्षीत छ भन्ने बिश्वास दिलाउन सदनमा विश्वासको मत लिन लागेका हुन् । यसअघि कांग्रेससहितको गठबन्धनमा रहेका प्रचण्डले फागुन २१ गते एमालेसहितको नयाँ गठबन्धन बनाएपछि राजनीतिमा उथलपुथल भएको थियो। उता, कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । कांग्रेसले अब बिश्वासको मत नदिने स्पष्ट गरिसकेको छ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्न केही चूनौति रहेको आँकलन गरेर नै पार्टीभित्र पनि सांसदहरुलाई ह्वीप लगाइएको छ। मन्त्री नियुक्ति गर्दा स्पस्ट मापदण्ड नराखी मन परेको मान्छेलाई प्राथमिकता दिएको आरोप उनी माथी छ। उनलाई आफ्नै नेताहरू अमनलाल मोदी,माधव सापकोटा,राजन दाहाल,सुदन किराँती लगायतले चुनौती दिइरहेका छन् ।

उता नेकपा एकीकृत समाजवादीका नेताहरू समेत यो गठबन्धन बनेकोमा खुशी छैनन् । समाजवादी र माओवादीकै कतिपय नेताले गठबन्धनको आयु छोटो छ भन्ने प्रतिक्रिया दिइरहेका छन् । तर,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने दाबी गरेका छन् । उनले अन्य साना दललाई पनि साथमै लिने विश्वास दिलाएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय