नेपाल र बहराइनबीचको विश्वकप छनौट खेल दशरथ रङ्गशालामा नहुने

काठमाडौं, १८ फागुन । फिफा विश्वकप एसियन छनौटको दोस्रो चरणअन्तर्गत नेपाल र बहराइनबीचको खेल नेपालको घरेलु मैदानमा नहुने भएको छ ।
नेपाल र बहराइनबीचको खेल आगामी चैत ८ गते नेपालको होममा हुने तालिका थियो । तर दशरथ रगंशालाको खराब अवस्थाका कारण खेल गराउन एएफसीले रोकेको हो । त्यसैकारण अब नेपाल र बहराइनबीचको होम खेल तटस्थ मैदानमा गराउन एएफसीको पत्राचार छ ।
फागुन १४ गते आएर एएफसीका प्रतिनिधि मिन्दु दोर्जेले दशरथ रंगशालाको निरीक्षण गरेका थिए । मैदानको निरिक्षण गरेपश्चात् उनले बुझाएको प्रतिवेदन अनुसार एएफसीले खेल न्युट्रल भेन्युमा गराउन एन्फालाई पत्राचार गरिसकेको छ।
बहराइनविरुद्धको खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले शुक्रबार प्रारम्भिक चरणमा ३३ सदस्यीय टोलीको घोषणा गरेका छन्।
नेपालले बहराइनसँग होम खेल चैत ८ गते र अवे खेल १४ गते खेल्ने तालिका छ।

