रोहित एपिएफको कप्तान, ज्ञानेन्द्र प्रशिक्षक

काठमाडौं, २६ पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल विभागीय टोली एपिएफ क्लबको कप्तानमा नियुक्त भएका छन् । त्यस्तै राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल एपिएफको प्रशिक्षक चुनिएका छन् ।

शनिबार सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअघि एपिएफले दुई महत्वपूर्ण सम्झौता गरेको हो । रोहित यसअघि त्रिभुवन आर्मीको टोलीमा थिए । ज्ञानेन्द्रको यो पहिलो प्रशिक्षण अनुभव हुने छ ।

सन् २०११ देखी २०१९ सम्म एपीएफको कप्तान रहेका ज्ञानेन्द्र त्यसयता बागमती प्रदेशको टोलीमा थिए भने पारस खड्काले कप्तानी छाडेपछि केही समय कप्तान समेत रहे । २०२३ मा उनले सबैखाले खेल जीवनबाट सन्यास लिएका थिए ।

रोहित भने सन् २०१८ मा एपिएफ पिएम कप च्याम्पियन बन्दा टोलीमा थिए । त्यसयता त्रिभुवन आर्मीमा आबद्ध रहेका रोहितले बिनोद भण्डारीको कप्तानीमा खेलेका थिए ।

एपिएफले दीर्घकालिन सोचका साथ ज्ञानेन्द्रलाई टोलिमा भित्र्याएको जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय